नवलपरासी पश्चिममा एकै दिन ४ संक्रमित



न्युज अफ नेपाल,नवलपरासी ।

पश्चिम नवलपरासीमा बुधबार ८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बर्दघाट नगरपालिका १६ का २४ वर्षीय युवक र पाल्हिनन्दनका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पाल्हि नन्दन गाउंपालिकाको ६ वडा मध्ये ५ नम्वर बाहेक सवै वडामा संक्रमण देखिएको हो ।संक्रमित हुनेमा २० वर्ष देखि ३४ वर्ष सम्मका युवाहरु रहेकाछन् । संक्रमित युवाहरु अधिकांश भारतको मुम्वईबाट आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्