हंगकंगवासी वेलायती नागरिक बन्न सक्ने



लन्डन,एजेन्सी ।

वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले यदि चीनले आफ्नो विशेष प्रशासकिय क्षेत्र हंगकंगमा नयाँ सुरक्षा सुरक्षा कानुन लागु गरेको खण्डमा वेलायतले आप्रवास कानुन परिवर्तन गरी हंगकंगका लाखौं वासिन्दालाई वेलायतको नागरिकता लिने माग खुला गर्ने बताएका छन् ।

दि टाइम्सलाई जोहन्सनले वेलायतसंग यस भूमिसंग सम्बन्ध कायम राख्ने बाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन् । चीनले आफ्नो प्रस्तावित कानुनलाई लिएर निकै आलोचना खेपिरहनु परेको छ ।

हंगकंगवासीहरु यदि त्यो कानुन लागु भएमा चीनको अन्य कतै पनि नभएको अनुपम स्वतन्त्रताबाट आफुहरु बन्चित हुनुपर्ने हो की भनेर त्रसित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्