कोरोनाविरुद्ध इवुप्रेफेन परीक्षण हुँदै



लन्डन,एजेन्सी ।

वेलायतका बैज्ञानिकहरुले कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा उपचार गराइरहेका माथि इवुप्रोफेनको प्रयोग परिक्षण गरिरहेका छन् । लन्डनको गाइज एन्ड सेन्ट थोमस अस्पताल तथा किंग्स कलेजका टोलीले जलन र पिडा हटाउन सेवन गरिने गरिएको यो औषधिलाई कोभिड १९ का कारण सिर्जना हुने श्वास प्रश्वासको कठिनाईको उपचार हुनसक्ने विश्वास लिएका छन् ।

उनीहरुले निकै सस्तो यस औषधिको प्रयोगबाट बिरामीहरुलाई भेन्टिलेटरबाट टाढै राख्न सकिने आशा पनि व्यक्त गरेका छन् । ‘लिवरेट’ नाम दिइएको यस परिक्षण अनुसार अन्य नियमित उपचार विधि संगसंगै पचास प्रतिशत बिरामीलाई इबुप्रोफेन दिइनेछ ।

तर यस परिक्षणको दौरान इवुप्रोफनलाई नियमित ट्याब्लेटको रपमा नभई अर्कै विशेष स्वरुपमा दिइने छ । केहि मानिसले यस अघि नै बाथको उपचारका क्रममा यसलाई लिपिड क्याप्सुलका रुपमा सेवन गर्दै आइरहेका थिए ।

जनावरहरुमाथि गरिएको प्रयोग परिक्षणबाट श्वास फेर्न गाह«ो हुने लक्षणका लागि यो औषधि वरदान सावित भइसकेको छ । कोरोना भाइरसको रोगीमा देखिने लक्षण मध्ये एक यो समस्या पनि हो । महामारी शुरु हुँदाखेरी भाइरस संक्रमितहरुमा यस औषधिको प्रयोग नराम्रो हुन सकने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्