ट्रम्पका कारण जुकरवर्ग अप्ठ्यारोमा



न्युयोर्क, एजेन्सी ।

विश्व प्रसिद्ध सामाजिक संजाल फेसबुकका प्रमुख कार्यकारिणी अधिकृत मार्क जुकर्वर्गले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको वर्तमान स्थितीलाई उक्साउने प्रतिक्रियाहरु पोस्ट गरेको विषयमा आफ्ना कर्मचारीहरुको रिस शान्त पार्ने प्रयास गरेका छन् ।

ट्रम्पले अमेरिकाका विभिन्न शहरमा लुटपाट हुँदै गरेका भिडियो पोस्ट गरेपछि फेसबुकसंगको सम्झौता उल्लघन भएको भन्दै फेसबुकका कर्मचारीले विरोध जनाएका थिए । टाउनहलमा बसेको कम्पनीको बैठकमा रियल–टाइम फिडब्याक प्रयोग गरेर हिंसा आब्हान गर्ने वा भौतिक वस्तुमा हानी पु¥याउने खालका सामग्रीहर फेसबुकबाट हटाइने आफ्नो पुर्व प्रतिवद्धता सम्झाइ दिएपछि जुकरवर्गले तिनीहरुलाई सम्झाई बुझाई गर्नुपरेको थियो ।

टाउन हलको बैठक बसिरहेकैबेला फेसबुकका इन्जिनियर ब्रान्डन डलले टिव्ट गरेका छन् , ‘ सरकारले हामीसंग काँधमा काँध मिलाउन अस्विकार गरेको स्पष्ट भइसकेको छ । फेसबुकका प्रवक्ता एन्डि स्टानेले सिएनएन बिजिनेसलाई भनेकीछन् , ‘ खुल्ला र एमानदारितापुर्ण छलफल फेसबुकको संस्कृतिको एक हिस्सा नै रहँदै आएको छ ।

वर्षौं देखिका परम्परालाई अघि बढाउँदै आज मार्कले आफ्ना कर्मचारीहरुसंग खुल्ला छलफल गरेका छन् । तिनीहरुका पृष्ठपाषण प्रति उनी कृतज्ञ रहेका छन् । ’

प्रतिक्रिया दिनुहोस्