चौतर्फी विरोधपछि कर तिर्ने म्याद थप



न्युज अफ नेपाल, काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।

त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ ।

व्यवसायीहरुको नाममा मगंलबार सरकारको जारी गरेको कर तिर्नेसम्बन्धी सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको थियो ।लकडाउन (बन्दाबन्दी) रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंग र आक्रोश ल्याएको थियो ।

हेर्नुहोस सूचना :

प्रतिक्रिया दिनुहोस्