सशस्त्र प्रहरीले समात्यो लागु औषध



न्युज अफ नेपाल, बारा । 

सशस्त्र प्रहरी बलको सिमामा खटिएको टोलिले लागुऔषध सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बुधवार बिहान छ बजे बाराकाे विश्रामपुर गाउँपालिका ३ मुसहर्वा बस्ने बर्ष १८ को धन्नजय यादबलाई साेही गाउँपालिका ३ स्थित खुदियाटोला दशगजा ईलाकाबाट लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरिको विओपि बरैनियाबाट खटी गएको सशस्त्र प्रहरी निरिक्षक नारायण सिह ऐरीको गस्ती टोलीले भारतबाट लुकाई छुपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा लागुऔषध सहित उनलाई नियन्त्रणमा लिएको हो ।

उनकाे साथबाट लागुऔषध नाईट्रोजेपान ६०० गोटा र WIN CIREX १४७ बोटल नियन्त्रणमा लिएकाे छ । आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई थप अनुसन्धान तथा कारबाहीको बुझाईएको सशस्त्र प्रहरी बल बाराका प्रमुख गणपती दिग बिजय सुबेदिले बताए ।

प्रतिक्रिया दिनुहोस्