बाहिरी व्यक्तिसँग यौन सम्पर्क राख्न नपाइने



लन्डन, (एजेन्सी)

इग्ल्यान्डमा आफ्नो घरमा कुनै बाहिरी व्यक्तिसँग यौन सम्पर्क गर्न गैरकानुनी भएको छ । सरकारले लकडाउनका क्रममा यो कानुन बनाएको हो । नयाँ कानुनअनुसार दुई फरक फरक घरका व्यक्ति निजी स्थानमा भेट्न पाउनेछैनन् ।

यसअघिको नियममा ‘प्राइभेट स्पेस’ शब्दको प्रयोग गरिएको थिएन । सरकारले यस प्रकारको घटनामा प्रहरीले स्वविवेक र समझदारी प्रयोग गर्न सक्ने पनि जनाएको छ ।

नयाँ नियमपछि अब कुनै आफ्नो घरमा कुनै बाहिरी व्यक्तिसँग त्यतिबेलामा भेट्न पाउँनेछ जब ऊसँग कुनै उचित कारण हुनेछ । सार्वजनिक स्थानहरू यौन सम्पर्कका लागि अहिले पनि गैरकानुनी छ ।

यद्यपि सरकारले नयाँ कानुनले यौनमाथि कुनै प्रकारको रोक नलगाएको प्रस्ट पारेको छ तर कुनै पनि व्यक्तिको घरभित्र दुई वा दुईभन्दा धेरै व्यक्ति जम्मा हुन नपाउने पनि जनाएको छ ।

नयाँ कानुनअनुसार कुनै पनि व्यक्ति आफँ बस्ने ठाउँबाहेक अन्य स्थानमा रात बस्न पाउनेछैन । यदि यस्तो भएमा ऊससँग त्यसका लागि उचित कारण हुनुपर्नेछ ।

नयाँ नियमअन्तर्गत खेलाडी, अन्तिम संस्कारमा सहभागी हुने, कर्मचारी तथा स्वास्थ्य सेवा आवश्यक भएकाहरूलाई एक आपसमा भेट्न छुट दिएको छ । चाखलाग्दो कुरा के हो भने बेलायतमा गरिएको एक अध्ययनले १० मध्ये ६ ले लकडाउनको बेला सेक्स नगरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्