व्यवसायिक तरकारी खेती गर्न किसानलाई टनेल वितरण



टंकराज अधिकारी, पाेखरा ।

अन्नपूर्ण गाउँपालिकाले व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई टनेल वितरण गरेको छ। वेमौसमी तरकारी खेती गर्नेकिसानहरूलाई लक्षित गरी टनेल वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक मनोज कठायतले जानकारी दिनुभयो ।उहाँका अनुसार नमूना किसानलाई छनोट गरेर अनुदान दिइएको हो ।

कार्यक्रममा टनेल वितरण गर्दै गाउँपालिकाका प्रमुख युवराज कुँवरले टनेलको सही सदुपयोग गरी उत्पादन बढाउन आग्रह गर्दै राम्रो गर्नेकिसानलाई थप अन्य अनुदान पनि दिइने बताउनु भयो। गाउँपालिकाले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै कृषिको उत्पादन र उत्पादकत्ववृद्धि गरी कृषकको आयस्तर र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कृषिमा अनुदान कार्यक्रम ल्याएको हो ।

‘कृषिमा व्यवसायीकरणगरेर जीवनस्तर सुधार्नु आवश्यक छ,’ कुँवरले भन्नुभयो । उहाँका अनुसार २ सय १० किसानलाई आवश्यकता अनुसार १देख़ि ३ वटाकादरले र दुईवटा कृषि सहकारी संस्थालाई ५/५ वटा गरी ६ सय टनेल वितरण गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार किसानहरूलाई पचास प्रतिशत अनुदानमा टनेलवितरण गरिएको हो। ‘एउटा टनेललाई ६ हज़ार रूपैयाँ पर्दछ त्यसको पचास प्रतिशत कम मूल्य लिएर बितरण गरेका छौ अधिकारीलेभन्नुभयो ।

टनेल पाँएपछि ख़ुशी व्यक्त गर्दै अन्नपूर्ण गाउँपालिका-८ मा अवस्थित भुरम्दी खोला कृषि अर्गानिक सहकारी संस्थाका सचिव लिलाधरसुवेदीले टनेललाई उपयोग गरेर उत्पादन बढाउने बताउदै यस अघि पनि गाउँपालिकाले कृषिको लागि सहयोग गरिरहेको प्रतिक्रियादिनुभयो । कृषि प्राविधिक कठायतका अनुसार एउटा टनेल १२ मिटर लम्बाइ र ६ मिटर चौडाइको रहेको र कम्तिमा ३ बर्षसम्म टिक्ने गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्