मनिषा कोइराला नेपालमा



न्युज अफ नेपाल,काठमाडौं।

चर्चित बलिउड नायिका मनिषा कोइराला नेपाल आईपुगेकी छिन्। भैरहवास्थित (बेलहिया) नाका हुँदै उनी आमा बुबासहित नेपाल आएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको पूर्ण नक्शा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई विवादमा तानेका थिए। अनावश्यक विवादमा तानिएपछि उनी नेपाल आउने प्रयासमा थिइन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पूर्ण नक्शाबारे गरेको ट्वीटलाई उनले रिट्वीट गर्दै त्रिदेशीय समझदारीका आधारमा समस्याको समाधान गर्नुपर्ने बताएकी थिइन्। त्यही विषयलाई लिएर भारतीय मिडियाले विवादमा तानेका थिए।

नेपालले पूर्ण नक्शा सार्वजनिक गरेसँगै नेपाल(भारतबीच विवाद उत्पन्न भएको छ। विशेषगरी भारतीय मिडियाहरूले अनावश्यक टीकाटिप्पणी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्