प्रसुती गृहमा भर्ना भएकी गर्भवतीमा कोरोना ‘पोजेटिभ’



न्युज अफ नेपाल,काठमाडौँ ।

थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च ज्वरो र पिसाब संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो । धादिङ ठेगाना भएकी २२ बर्षीय उनलाई कोभिड अस्तपाल पठाउन लागेको अस्पतालले जनाएको छ ।

‘अन्य अस्पतालले सुत्केरी गराउन नमाने अस्पताल आफैले सुत्केरी गराउने बताएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्सको ट्रेसिङ भइरहेको छ । उपचारमा संलग्न पहिचान भएका जतिलाई क्‍वारेन्टाइनमा राखिसकेको पनि अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्