अरब सागरमा डिप डिप्रेसन



न्युज अफ नेपाल,काठमाडौं ।

केही दिनदेखि अरब सागरको मौसममा डिप डिप्रेसन देखिएपछि यसको प्रभाव नेपालसम्म देखिने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव समेत रहेको नेपालको मौसममा अरब सागरको डिप डिप्रेसन देखिएपनि यसको प्रभाव भने आंशिक रुपमा पर्ने महाशाखाले जनाएको छ ।

अरब सागरमा यसको प्रभाव केही दिनसम्म देखिने मौसमविद्हरु बताउँछन् । डिप डिप्रेसनले गर्दा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक वदली हुने महाशाखाको अनुमान छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका साथै प्रदेश ७ का भू–भागहरुमा सामान्य बदली रहने मौसमविदले बताए ।

प्रतिक्रिया दिनुहोस्