रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न निर्देशन



काठमाडौँ । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले घटनामा परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

यस्तै दलित समुदायमाथि शृङ्खलाबद्ध विभेद तथा हिंसाका घटना भइरहेको भन्दै तत्काल सम्पूर्ण जातीय विभेदका स्वरुप तथा हिंसा अन्त्यका लागि महाअभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी समितिले लकडाउनको समयमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसा, शोषण, विभेद र दुव्र्यवहार अन्त्य गर्न सबै पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्