बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६७ पुग्यो



न्युज अफ नेपाल,लन्डन ।

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरद्राज आरनले सोको पुष्टि गरेका हुन् ।आरनले ७६ जनामा ११ महिला रहेका र बाँकी ५६ पुरुष रहेका जानकारी दिए ।

उनीहरुमध्ये ५६ जना भूपू गोर्खा र उनीहरुका परिवारका सदस्य रहेका छन् । दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसँगको समन्वयमा तथ्यांक संकलन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्