फ्लोइडको हत्या भएको पुष्टि



वासिंगटन,एजेन्सी।

अहिले अमेरिकाभरि भइरहेका बिरोध प्रदर्शनका प्रमुख कारण जर्ज फ्लोइडको आधिकारिक पोेष्टमार्टम परिक्षण रिपोर्टमा उनको हत्या भएको उल्लेख गरिएको छ ।

पोष्टमार्टमको प्रतिवेदनमा अमेरिकाको मिन्नयापोलिसको प्रहरी हिरासतमा जबर्जस्ती गर्ने क्रममा ४६ वर्षिय काला जातिका फ्लोइडको ह«दयघात भएको उल्लेख गरिएको छ ।

उनको घाँटी आफ्नो घुँडाले अठ्याउँदै गरेका डिरेक चौभिन नामक प्रहरी अधिकृत लगायत सो स्थानमा उपस्थित अन्य अधिकारीहरुलाई वर्खास्त गदै सरकारले कारवाही अघि बढाइसकेको छ ।

प्रतिवेदनमा घाँटी थिचेर श्वास प्रश्वासमा अवरोध पु¥याइएपछि उनको मुटुमा आघात पुगेको स्पष्ट पारिएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यहाँ चलिरहेको अराजकता नियन्त्रणका लागि सेना प्रयोग गर्ने धम्की दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्