आर्मेनियाली प्रधानमन्त्रीको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण



येरेवान,एजेन्सी ।

आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियन र उनका परिवारका सबै सदस्य कोरोना भाइरस पोजेटिभ देखिएका छन् । पासिनियनले सोमबार फेसबुक पोस्टमा आफुलाई संक्रमणको कुनै लक्षण नभएको तर सैन्य इकाइको कार्यक्रममा जानु अघि आफनो जाँच गर्ने फैसला लिएको र जाँच रिपोर्ट पोजिटिव आएको उल्लेख गरेको छ ।

प्रधानमन्त्रीले भने,”म घरबाटै काम गर्छु । आफुलाई सम्भवत संक्रमण एक वेटरबाट भएको उनले आशंका ब्यक्त गरेका छन् । ती वेटरले एक बैठकमा बिना सुरक्षा पहिरण उनकालागि एक गिलास पानी ल्याएको र पछि उनी कोरोना भाइरस संक्रमित पाइएको थियो ।

करिब ३० लाख जनसंख्या भएको आर्मेनियामा कोरोना भाइरसका संक्रमित अहिलेसम्म ९ हजार भन्दा बढी देखिएका छन् भने करिब १ सस ३० जनाको मृत्यु भइसकेको छ । आर्मेनियामा मार्चको मध्यमा आपतकाल स्थितिको घोषणा गरेको थियो । पासिनियले गत हप्ता आर्मेनियामा विषाणु संक्रमणको स्थिति खराब हुँदै गइरहेको बताएका थिए । उनका परिवार सदस्यको परीक्षण पनि कोरोना पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्