हाई प्रोफाईल जुवाडे उद्याेगपति पक्राउ !



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँको कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका छन् । कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले उनीहरुलाई जुवा खेल्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।

काठमाडौंको कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित नियन्त्रणमा लिएको एएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

 

 

भिडियाे पनि…

प्रतिक्रिया दिनुहोस्