बेलायतमा आधा अभिभावक सन्तानलाई विद्यालय पठाउँदैनन्



लन्डन,(एजेन्सी)

बेलायतमा धमाधम प्राथमिक विद्यालयहरू खुल्दै गइरहेका छन्। तर ५० प्रतिशत अभिभावकले भने आफ्ना सन्तानलाई पढ्न नपठाएको हालै त्यहाँ गरिएको सर्भेक्षणले पुष्टि गरेको छ ।

कसरी विद्यालयहरू खोलिँदैल छन् भन्नेबारे स्थानीय बासिन्दा अझै अन्योलमा रहेका छन् भने केही क्षेत्रमा अझै विद्यालय बन्दै रहेका छन् ।

करिब१० सातादेखि विद्यलायको मुख हेर्न नपाएका एकदेखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी विद्यालय खोल्ने नीति अघि सारिएको हो । बेलायतमा लकडाउनको नियम निकै खुकुलो गरिएपछि मात्र यसरी विद्यालय खेल्ने निर्णय गरिएको हो ।

अहिले बेलायतमा ६ जना मानिस सार्वजनिकस्थलमा एकै स्थानमा भेला हुन पाउने स्थिति छ । कोरोना भाइरसका कारण लागू गरिएको लकडाउनको सम्पूर्ण अवधिभित्र प्रमुख कामदार र जोखिममा परेका बालबालिकाका लागि भने विद्यालय खुलै गरिएको थियो । तर सरकारले सोमबारदेखि थप लाखौं प्राथमिकस्तरका बालबालिकालाई पनि पढ्न आउन आमन्त्रण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्