प्राकृतिक स्रोतमा विवाद नगरौं



प्राकृतिक स्रोतमा देखा पर्ने द्वन्द्वको न्यूनीकरणका लागि समुदायको भूमिका मुख्य हुन्छ । प्राकृतिक स्रोतका विषयमा देखिने समस्या समाधानको लागि पहिलेदेखि नै समुदायको भूमिका हुन्छ । द्वन्द्वको रुपान्तरणमा संघीय संरचनाअन्तर्गत लाग्नुपर्ने अहिलेको अवस्था छ । चुरे क्षेत्रको अधिकार र प्रयोगका सवालमा राज्य र समुदायबीच पनि द्वन्द्व रहेको अहिले देखिएको छ । यसको निराकरणमा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ ।

राज्यले जहिले पनि प्राकृतिक स्रोतको उपयोगमा विभेदकारी नीति अवलम्बन गरेकै कारण विभिन्न स्थानमा स्रोत, अधिकार र कार्यक्षेत्रबारे विवाद आउने गरेको देखिएको छ । वन हस्तान्तरण गर्दा विवाद पनि हस्तान्तरण भएकाले कतिपय स्थानमा स्रोत र अधिकार क्षेत्रलाई लिएर विवाद आइरहेको पनि छ । यसलाई निराकरण गर्न बेलैमा सोच्ने कि !
– समिर शर्मा, बाग्लुङ ।

 

प्रतिक्रिया दिनुहोस्