बैठकमा फोन बजेपछि गोली हानी हत्या



अडिस अवावा,एजेन्सी ।

सार्वजनिक बैठकमा भाग लिइरहेका अवस्थामा सबैका सामु एकजना पुरुषलाई इथियोपियाली सैनिकले गोली हानेर हत्या गरेका छन् । एमेनेष्टि इन्टरनेसनलले उनको फोनको घन्टी बजेको निहुँमा उनी माथि ति सैनिककले अचानक गोली हानेको दावी गरेको छ ।

सन् २०१८ देखि २०१९ को अन्त्य सम्ममा क्षेत्रिय राज्य ओरोमियाम सुरक्षा निकायबाट भएका थुप्रै मानव अधिकार उल्लंघनका घटना मध्ये यो एउटा उदाहरण मात्र भएको बताइएको छ ।

इथियोपियाका प्रधानमन्त्री एविअहमदले शान्तिका लागि नोवेल पुरुस्कार जितेको अवस्थामा यो घटना घटेको हो । विविसिले आफुले सरकारी निकायसंग यस गोली काण्डबारे बुझ्न खोज्दा कुन ैप्रतिक्रिया पाउन नसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्