सरकार पुन बिद्यालय बन्द गर्न बाध्य



सोल,एजेन्सी ।

पुन कोराना भाइरस संक्रमित नयाँ घटनाहरु देखापर्न थालेपछि दक्षिण कोरियाका २ सय वटा भन्दा बढि बिद्यालय बन्द गर्न सरकार बाध्य भएको छ । सरकारले कोभिड १९ महामारी रोकथाम रनियनत्रणका लागि लगाइँदै आएको लकडाउन फुकुवा गरेपछि गत बुधवार हजारौं बिद्यार्थी पढ्न बिद्यालय पुगेका थिए ।

तर त्यसको भोलिपल्टै ७९ जना व्यक्तिमा नयाँ भाइरस संक्रमण भेटिएको थियो । दुईमहिनाको तथ्याांको तुलनामा एकै दिन संक्रमण देखिएको त्यो सबैभन्दा ठूलो संख्या सावित भएको थियो ।

अधिकांश नयाा संक्रमणको घटना राजधानी सोल नजिकको एउटा वितरण केन्द«मा देखिएको थियो । बुचियोन शहर स्थित सो भण्डार गृह दक्षिण कोरियाकै सबैभन्दा ठूलो इ–कमर्श कम्पनी काउपांगले संचालन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्