नेपाल बौद्ध महासंघद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल बौद्ध महासंघले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सर्जिकल मास्क ४ हजार थान र पञ्जा २५ सय जोर स्वास्थ्य सामग्री सहायोग गरिएको छ । सोमबार दिउसो महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा र महासंघका सल्लाहकार फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) ले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) हाल नेपालमा पनि फैलिरहेको र सङ्क्रमित हुनेहरूको संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । हतान्तरण कार्यक्रममा बोल्नु हुँदै महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले “संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उच्च जोखिम मोलेर अग्रपंतिमा दैनिक खट्टिनु हुने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनु भयो ।’’

सोही कार्यक्रममा महासंघका सल्लाहकार भिक्षु थुप्तेन जिग्डोलले पनि अहिलेको जोखिम अवस्थामा राज्यको कम्जोरी पहिल्याउनु भन्दा आफुले सकेको सहयोग सबैले गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी स्वास्थ्य सामग्री बुझिलिनु हुँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले नेपाल बौद्ध महासंघले अति आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गर्नु भएकोमा महाशाखा र मताहतका सबै अधिकृति जवानको तर्फबाट धन्यावद व्यक्त गर्नु भयो । साथै उहाँले यस सहयोयले अधिकृत जवानहरूलाई भोलिका दिनमा काम गर्नको लागि आजै मनोबल बढ्ने र रातदिन सडकमा खट्टिनु हने अधिकृत जवानहरूले संक्रमणबाट नागरिकहरूलाई बचाउनामा सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्