अन्तरिक्ष यात्री आइएसएसमा प्रवेश



वासिंगटन,एजेन्सी ।

अमेरिकी अन्तरिक्ष यात्रीद्वय दोउग हर्लि र बब बेहन्केन विशेष अन्तरिक्ष क्याप्सुलमा बसेर इन्टरनेसनल स्पेस स्टेसन (आइएसएस) भित्र प्रवेश गर्न सफल भएका छन् ।

निजी अन्तरिक्ष निकाय स्ेपस एक्स कम्पनीबाट उपलब्ध गराइएको तथा संचालित ड्रागन क्याप्सुललाई चीन भन्दा ४ सय २२ किमि माथिको पृथ्वीको कक्षको प्रयोशालाको खण्डसंग जोडिएको छ । शनिवार अमेरिकाको फ्लोरिडा स्थित केन्नेडी अन्तरिक्ष केन्द«बाट हर्लि र बेहेन्केन बसेको रकेट प्रक्षेपण गरिएको थियो ।

मौसम खराबीको कारण त्यसभन्दा पहिले नै निधारित समयमा प्रक्षेपण कार्य स्थगित गरिएको थियो । चुहावट , दवाव र तापक्रमको परिक्षणका लागि केहि समय पर्खेर तिनीहरु पहिले देखि नै अन्य अमेरिकी तथा रुसी अन्तरिक्षयात्री रहेको आइएसएस भित्र प्रवेश गरेका हुन् । क्यालिफोर्नियाको हथोर्न स्थित स्पेस एक्स प्रविधि जगतका अर्वपति एलोन मस्कको नेतृत्वमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्