जनताको अधिकारका लागि डा.गोविन्द केसी खलंगामा १८ औ सत्याग्रहमा उत्रने



न्युज अफ नेपाल,काठमाडौँ ।

सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डा. गोविन्द केसीको जेष्ठ २० र २१ गते (दुई दिन ) दार्चुला सदरमुकाम खलंगामा ३ बुद्धे माग अघि सार्दै १८ औ सत्याग्रहमा बस्ने बस्ने भएका छन् । यसअघि पनि बिभिन्न समयमा गरेर १७ पटक सत्याग्रह गरिसकेका छन् ।

डा केसी देशका फरक फरक ठाउँहरुमा बिगतमा पनि अनसन बसिसकेका छन् तर यसपटक भने सुदूरपश्चिम प्रदेशको दार्चुलामा सत्याग्रह गर्न पुगेका छन् ।

यस्ता छन् डा केसीका ३ बुँदे मागहरु

१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् ।

२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस् ।

३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् । हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।

प्रतिक्रिया दिनुहोस्