मनमोहन कार्डियोथोरासिकमा उपचाररत बिरामीले जितिन् कोरोना



भगवती तिमल्सिना,काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा यहि जेठ ४ गते हेटौडा ४ हुप्रकी एक महिला मुटुको चाल गडबड भै भर्ना हुनु भएको थियो । उहाँलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

हेटौडा ४ हुप्रकी ५४ बर्षिय महिलालाई जेठ ९ गते कोरोना संक्रमण देखिएकाले गणेशमान भवनमा रहेको आईसुलेसन वार्डमा राखी उपचार गराईएको थियो ।

उहाँको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नगेटिभ आएसँगै डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारीनिर्देशक प्रा.डा.प्रेम बहादुर खड्गाले विज्ञप्ती जारी गरि जानकारी गराउँनुभएको छ ।

सोमबार डिस्चार्ज भएकी महिला अन्य व्यक्तिजस्तो सामान्य अवस्थाको नभै मुट, मिर्गौला र आन्द्राको समस्या भई अस्पताल भर्ना हुनुभएको व्यक्ति भएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्