[अपडेट] बाँके दुर्घटनाका मृतक ११ जनाको सनाखत



राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ ।

दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् । सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयोे ।

––

प्रतिक्रिया दिनुहोस्