डोटीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण



विमल विष्ट,डोटी ।

डोटी जिल्लामा पनि एक जनामा पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । सुदूरपश्चिममा थप १८ जना सङ्क्रमित थपिएसँगै डोटीमा पनि एक जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार नयाँ सङ्क्रमित मध्ये कैलालीका १४ जना रहेका छन् । उनीहरू मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन् ।

त्यस्तै अछाम, बैतडी, डोटी र कञ्चनपुरका थप एक एक पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशभित्र सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । प्रदेश बाहिर थप दुई जनाको उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भरसकेका छन् । यस अघि सुदूरपश्चिम प्रदेशबाट पाँच जना कोरोना सङ्क्रमित निको भएर घर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्