रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित संघको प्रदर्शन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

रुकुम पश्चिममा भएको घटनाको विरोधमा नेपाल दलित संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । जातको आधारमा विभेद बन्द गरियोस्, दोषीलाई कडा कारवाही होस् लगाएतका माग राख्दै विरोध प्रदर्शन गरिएको छ ।

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीबीच विगत तीन वर्ष लामो प्रेम सम्बन्ध रहेको थियो ।

विवाहका लागि प्रेमीकालाई लिन शनिबार बेलुकी रुकुम पुगेका नवराजसहित १९ जनामाथि गाउँलेले आक्रमण गरेका थिए । गाउँलेको आक्रमणमा परी नवराजसहित उनका केही साथीहरुकोमृत्यु भएको थियो भने केही जना घाइते छन् ।

तस्वीर : उजोल डंगोल

 

 

प्रतिक्रिया दिनुहोस्