[अपडेट] थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार एकैदिन देशभर २२६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ ।

जम्मा संक्रमितहरुमध्ये १६६७ जना पुरुष र १११ जना महिला रहेका छन् ।पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।हालसम्म २२१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

जसमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् ।कोरोना संक्रमणसंगै डेंगीको संक्रमण बढ्दै गएको भन्दै सतर्क रहन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्