भारतबाट उद्धार गरिएकालाई ओदा फाउन्डेसनद्वारा खाद्यान्न सहयोग



कालीवहादुर मल्ल,कालिकोट ।

कोरोना भाइरसका कारण भारतमा अलपत्र परेपछि नेपाल सरकारद्धारा उद्धार गरि जिल्ला ल्याइएका व्यक्तिहरुलाई ओदा फाउन्डेसन कालिकोटले खाद्यान्न तथा स्वस्थ्य सामाग्री वितरण गरेको छ ।

अलपत्र अवस्थाबाट वेखर्चि भएर आएका कालिकोट,जुम्ला र मुगुका नागरिकहरुलाई कर्णाली राजमार्ग अन्तरगत खाँडाचक्र,छेकामा विभिन्न खाद्य तथा सरसफाइका सामाग्री वितरण गरिएको ओदा फाउन्डेसनका अध्यक्ष करन सिंहले् जानकारी गराउनु भएको छ ।

उहाँका अनुसारा वसमा सवार गरिरहेका प्रत्येक व्यक्तिलाई एक÷एक प्याकेट नमकिन,चिउरा,चकलेट र एक/एक वोतल मिनरल पानी दिने गरिएको छ । साथै सेनिटाइजर,जिवनजल,कोलगेट,ब्रस र रुमाल लगाएतका सरसफाई सामाग्री पनि वितरण भइरहेको छ ।

पकेटमा पैसा नभएर भोकले हैरान भएको समयमा ओदा फाउन्डेसनले थोरै भएपनि खाना पानीको व्यवस्थाले राहतको महशुस भएको गाडीमा सवार मुगुका जयालाल कार्कीले वताउनु भयो ।

ओदा फाउन्डेसन र वेलकम नेपाल गु्रपको पहलमा सोमबारसम्ममा ७ सय २१ जनालाई खाद्यान्न तथा सरसफाई सामाग्री वितरण गरिएको र यस कार्यलाई निरन्तरता दिइने आयोजक सस्थाले् जनाएको छ ।

०७२ सालमा स्थापना भएको ओदा फाउन्डेसनले कालिकोट जिल्लामा स्वास्थ्य,शिक्षा, महिला, बालबालिका क्षेत्रमा सामाजिक सेवा प्रदान गर्दै आएको छ । यस सस्थाले भुकम्प र नाका वन्दीको समयमा पनि अति आवश्यक स्वस्थ्य सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्