बर्षामा भाइरस बढ्ने खतरा



वासिंगटन (एजेन्सी)

अमेरिकाको जोन्स हपििकन्स युनिर्सिटी एप्लाइड फिजिक्स लेबोरोटरीका वरिष्ठ वैज्ञानिक जेर्ड इवान्सले सीमित बर्षाको असर भाइरसमा कस्तो हुन्छ अहिलेसम्म थाहा नभएकोमा सचेत गराएका छन् ।

यद्यपी अधिकांश विशेषज्ञहरुले बर्षाको आद्रताका कारण भाइरस प्रसारमा तिब्रता आउने र त्यसले बर्षामा संक्रमणको खतरा झन बढ्ने चेतावनी दिएका छन् ।

यसबीच वासिंगटन युनिभर्सिटीका ग्लोबल हेल्थ, मेडिसिन र एपिडिमियोलोजीका प्रोफेसर जेर्ड बेटेनले बर्षामा कोरोना भाइरसलाई डाइल्युट ( घोलेर कमजोर) बनाउने बताएका छन् । जसरी धुलो बर्षाको पानीमा घुलेर बहन्छ, त्यसैगरी कोरोनाभाइरस पनि बग्न सक्छ । तर केही विशेषज्ञले बर्षाको पानी साबुन पानीले जस्तो सतहलाई संक्रमणरहित गर्न सक्षम नहुने बताएका छन् ।

युनिभर्सिटी अफ मेरिल्यान्डका अनुसार १७ दिन पछिपनि सतहमा कोरोना भाइरस जीवित भेटिएको घटना अगाडी आएकोछ । यस प्रकारका तथ्यहरु अगाडी आइरहँदा बर्षाले कसरी सतह, मैदान वा कुर्सीमा रहेका भाइरस सफा हुन्छ भन्न सक्ने स्थिति नरहेको जनाएको छ । त्यसैले बर्षामा थप सावधानी आवश्यक भएको वैज्ञानिकहरुले बताए ।

युनिभर्सिटी अफ डेलावेयरका एपिडिमियोलोजी डिपार्टमेन्टका संस्थापक तथा वैज्ञानिक जेनिफर होर्नेका अनुसार बर्षाको पानीले भाइरस सफा गर्न सक्दैन । यसले भाइरस फैलिने – बढ्ने गतिमा कमी हुने छैन । जस्तो पानीले मात्र हात धुँदा भाइरस मर्दैन, साबुन लगाउनु पर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्