ट्रम्प बंकरमा लुक्न बाध्य



वासिंगटन (एजेन्सी) ।

प्रहरी हिरासतका क्रममा अत्यन्तै निर्मम तरिकाबाट भएको जर्ज फ्लोयडको हत्यापछि देशब्यापी भइरहेका हिँस्रक विरोध प्रदर्शन उग्र बन्दै गइरहेको छ । अमेरिकाका ३० शहरमा हिंसा फैलिएको छ । यसको असर आइतबार ह्वाइट हाउससम्म पुगेको छ ।

राजधानी वासिंगटनमा स्थिति बिग्रेपछि त्यहाँका मेयरले राती ११ बजे देखि विहान ६ बजेसम्म कफ्र्यु घोषणा गर्यो । ह्वाइट हाउस वरिपरी लगातार तेस्रो दिन विरोध प्रदर्शन जारी रह्यो । अहिलेसम्म २२ सहरमा कम्तीमा १ हजार ६ सय६९ जनालाई गिरफ्तार गरिसकेको छ भने २५ सहरमा कफ्र्यु लगाइएको छ ।

ह्वाइट हाउस नजिक प्रदर्शन गरिरहेको भिडले एक फोहरको कन्टेनरमा आगजनी गरेको छ ।प्रदर्शनकारी प्रहरी तथा सुरक्षाकर्मीसँग पनि भिडन्तमा उत्रेको बताइएको छ । स्थिति विग्रन सक्ने देखिएपछि सुरक्षामा तैनाथ सिक्रेट सर्विस एजेन्टस राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा बनाइएको सुरक्षात्मक बंकरमा लगेका थिए । यसबीच घटनास्थलमा पुगेका वासिंगटन प्रहरीले ह्वाइट हाउस वरपर रहेका प्रदर्शनकारीलाई तितर बितर पारेका थिए ।

आइतकार ह्वाइट हाउस नजिकै स्थिति अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका आधिकारीक निवास वरीपरी प्रदर्शनकारीलाई हटाउन सिक्रेट सर्विस एजेन्टसले दंगा नियन्त्रक पोशाक लगाउनु परेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न सहरमा जारी हिंसाका लािग देशका वामपन्थीलाई जिम्मेवार ठहर्याएको छ ।

दंगाकारीहरुले निर्दोष नागरिकहरुलाई तर्साइरहेको, रोजगारी नष्ट गरिरहेको, ब्यापार ब्यवसायलाई नोक्सान पुर्याइरहेको र भवनहरुमा आगजनी गरिरहेको ट्रम्पले आरोप लगाए ।

फ्लोयडकोको नाममा उनको स्मरणलाई दंगाकारी, लुटेरा र अराजकतावादीहरुले बदनाम गरेको ट्रम्पले बताए । ट्रम्पले एक ट्विटमा मिनियपोलिसमा डेमोक्र्याटिक पार्टीका मेयर स्थिति नियन्त्रण गर्न असफल भएपछि नेसनल गार्ड परिचालन गरिएको उल्लेख गरेका छन् । दुई दिन अगाडी नै परिचालन गर्नु पर्ने उल्लेख गर्दै अब त्यहाँ कुनै नोक्सान नहुने उनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले फ्लोयडका लागि शुरु भएको आन्दोलन हाइज्याक गरिएको आरोप लगाए । त्यसता ब्यक्तीहरुलाई आफुले आतंकवादी घोषणा गर्ने निर्णय गरेको पनि बताए । ट्रम्पले ट्विटमा अमेरिका अन्टिफालाई आतंकवादी संगठनको संज्ञा दिने चेतावनी दिए ।

ट्रम्पले हिंसाको पछाडी वामपन्थी संगठन जिम्मेवार भएको बताए । जसलाई आम रुपमा अन्टिफा भनेर चिनिन्छ । अमेरिकामा फासीवादको विरोधीलाइ अन्तिफा (एन्टी फासिस्ट) भन्ने गरिन्छ । अमेरिकामा अन्टिफा आन्दोलन उग्रवादी, वामपन्थी र फासीवादी विरोधी आन्दोलनका लागि प्रयोग गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्