झापाका ७ पालिकामा कोरोना फैलियो



न्युज अफ नेपाल, भद्रपुर ।

जिल्लाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा संक्रमण फैलिएको छ । झापाका कचनकवल, दमक, भद्रपुर, बाह्रदशि,  गौरीगञ्ज, गौरादह र झापामा संक्रमण देखिएको हो । गौरीगञ्ज गाउँपालिकामा आइतबार चार जनामा कोरोना सङ्क्रमित पुष्टिसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १ सय ११ पुगेको छ ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको उहाँको भनाइ छ ।
भारतको सङ्क्रमित क्षेत्र मुम्बई तथा गुजरातबाट उनीहरू जेठ १५ गते स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका उनीहरूलाई सोजै गाउँपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

यसअघि जिल्लाको कचनकवल गाउँपालिकामा सबै भन्दा बढी सङ्क्रमित भेटिएको छ । गाउँपालिकामा ७३ जना सङ्क्रमित भेटिइसकेका छन् ।

त्यसै गरी बाह्रदशी र गौरदाहमा दुई-दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक-एक जना सङ्क्रमित थपिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्