पूर्वी नवलपरासीमा थप ३ कोरोना संक्रमित



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीमा शोमबार थप ३ जनामा कोभिड १९ पुष्टी भएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं. १ का २२ वर्षीय र वडा नं. १२ का ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

भारत दिल्लीबाट जेठ १० गते नेपाल आएका ३६ वर्षीय पुरुष पिठौली क्वारेन्टाईनमा बस्दै आउनु भएको थियो ।

यसरी नै भारतबाट जेठ १२ गते नेपाल आउनु भएका २२ वर्षीय पुरुष पनि रिठ्ठेपानी क्वारेन्टाईनमा आई बसेको नगर स्वास्थ्य प्रमुख कृष्ण प्रसाद नागिलाले बताउनु भयो ।

त्यसै गरी विनयी त्रिवेणी ३ मा पनि १४ वर्षीय बालकमा कोभिड १९ देखिएको कोरोना प्रादेशिक अस्पताल पोखराले जनाएको छ ।

करिव एक हप्ता अघि आफ्नै उमेरका साथीहरु सहित भारतबाट आएका बालक स्थानीय डोणे क्वारेन्टाईनमा बस्दै आएको गाउ पालिका अध्यक्ष डम्वर बहादुर जिसीले बताउनु भयो ।

यो संगै जिल्लामा हाल सम्म ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  संक्रमित मध्ये एक युवती उपचार पछि निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्