कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो



भगवती तिमल्सिना,काठमाडौँ ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या बृद्धि भएसँगै बाजुराकी २ बर्षिया बालिका र अर्का दैलेख जिल्ला डुल्लु नगरपालिका वडा नं ११ निवासी ३५ बर्षिय पुरुषको क्वारेन्टाइनमै मृत्यु भएको र उहाँलाई कोरोना पोजेटिभ प्रमाणित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिङमा जानकारी गराउँनुभयो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । जसमा ४ जना महिला र १ सय ६२ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १ सय ९२ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शनिबारसम्म १ हजार ३ सय ४९ रहेको छ ।

मन्त्रालयका अनुसार उपचारपछि निको भएर घर फर्कनेको संख्या २ सय २० पुगेको छ ।नेपालमा हालसम्म ८ जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । संक्रमित हुनेमा १ हजार ४ सय ५० जना पुरुष र १ सय १७ जना महिला रहेका छन् ।

आईतबार सम्म पिसिआर ६९ हजार ५ सय ८२ जना र आरडिटिबाट १ लाख ११ हजार १ सय ९ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सुधारका लागि अभ्यास जारी भएको छ । चिकित्सकमाथी भएका कुटपिटमा मनत्रालयले भत्सर्ना गर्दै यसो नगर्न अपिल गरेको छ । यदि कसैले कानून विपरित कार्य गरेमा दोषीलाई कडा भन्दा कडा कानूनी कारवाही गरिने डा.देवकोटाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्