हत्या आरोपी अढाई वर्षपछि पक्राउ



सुभेन्द्र दास,लहान ।

सिरहामा अढाई वर्षअघि भएको एउटा हत्या घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो ।

सिरहाको मिर्चैया नगरपालिका ११ सितापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो ।

यादवसहितका दुई जनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका १० प्रयागपुरका ३६ वर्षीय शशी भुषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्