बारुदी सुरुंग विस्फोट



मोगदिसु,एजेन्सी ।

सोमालियाको राजधानी मोगादिसुमा एउटा यात्रुवाहक मिनिबस वारुदी सुरुंगसंग अचानक ठोकिँदा कम्तिमा दसजना मानिसको ज्यान गएको प्रहरी तथा प्रत्यक्षदर्शीहरुले आइतवार बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार सो दुर्घटनामा मारिने मध्ये अधिकांश एउटा अन्त्येष्टि कार्यक्रममा भाग लिन गइरहेका एउटै परिवारका सदस्यहरु रहेका छन् ।

अहिले सम्म कुनै पनि इस्लामिक लडाकु समुहले यस घटनाको जिम्मेवारी लिएको छैन । तर कुख्यात इस्लामिक लडाकु समुह अल –सवावले प्रायशः प्रमुख सडक मार्गहरुमा वारुदी सुरुंग बिछ्याउने गरेका छन् ।

राजधानी मोगादिसुदेखि करिव २० किमि उत्तर पश्चिममा पर्ने विस्फोटमा परेको सडकबाट सेना र सरकारी सवारी साधनहरुको बाक्लो आवत जावत हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्