अमेरिकाका विभिन्न शहरमा कर्फ्यु



वासिंगटन,एजेन्सी ।

कालाजातिका पुरुष जर्ज फ्लोइडको विवादास्पद मृत्युलाई लिएर प्रदर्शनकारी र प्रहरीबिचको हिंसात्मक भिडन्तलाइृ शिथिल पार्ने उद्देश्यले अमेरिकाका विभिन्न शहरमा स्थानिय प्रशासनले कर्फ्यु जारी गरेको छ ।

अमेरिकाका थुप्रै शहरमा आक्रोसित प्रदर्शनकारीले सुरक्षाकर्मिका सावारी साधनहरुमा आगजनि गर्न थालेपछि दंगा प्रहरीले भिड नियन्त्रणका लागि अश्रुग्यास र रवरको गोली प्रहार गरेको अ‍ेमरिकी संचार माध्यमले जनाएको छ ।

अमेरिकी राष्ट्रपत डोनाल्ड ट्रम्पले हिंसाका लागि लुटेरा र दंगावाजहरुलाई दोषि ठहर गरेका छन् । अमेरिकाको मिन्नेपोलिस स्थित प्रहरी हिरासतमा ४६ वर्षिय अफ्रिकाली अमेरिकी फ्लोइडको हत्या भएको थियो ।

४४ वर्षिय प्रहरी अधिकारी डिरेक चौभिनले उनको घाँटीमा घुँडाले टेकेर यातना दिँदै गरेको भिडियो सार्वजनिक भएको थियो । अहिले हत्योको अभियोग लगाएर जागिरबाट बर्खास्त गरिइसकेका गोरा जातिका चौभिलाई सोमवार अस्पतालमा उपस्थित गराइने भएको छ ।

सो भिडिोयो फुटेजमा पिडितले पटक पटक आफुलाई श्वास फेर्न गा¥हो भो भनेर गुनासो गरेको सुनिन्छ । उक्त घटनाकाबेला घटनास्थलमा उपस्थित अन्य प्रहरी अधिकारीहरुलाइ पन वर्खास्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्