बायर्न भारी गोलअन्तरले विजयी



बर्लिन, एजेन्सी ।

कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले भारी गोलअन्तरको जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले लिग तालिकाको पुछारमा रहेको टोली फोर्टुना डुसलडोर्फलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक-एक गोल थपेका थिए ।

अर्को एक गोल भने फोर्टुना डुसलडोर्फले आत्मघाती गरेको थियो । जितसँगै कोरोनाको कारण स्थगित लिग सुचारुपछि बायर्नले लगातार तेस्रो म्याचमा जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्