जेठ २२ गतेबाट विद्यालय खोल्छौँ : प्याब्सन



न्युज अफ नेपाल,काठमाडौं ।

प्याब्सनले यही जेठ २२ गतेबाट विद्यालय खोल्ने जनाएको छ । निजी विद्यालयमा आर्थिक संकट पर्न थालेको र अभिभावक स्वयंले विद्यालय सूचारु गर्न दवाव दिन थालेपछि विद्यालय खोल्ने तयारी भैरहेको अध्यक्ष टीकाराम पुरीले बताउँनुभयो । उहाले भन्नुभयो स् २२ गतेबाट पठन पाठन शुरु गर्ने होइन, विद्यालय प्रशासन खोलेर योजना बनाउने छौँ ।उहाँका अनुसार परीक्षाफल सार्वजनिक नगरेका विद्यालयले परीक्षाफल प्रकाशित गर्ने र परीक्षाफल प्रकाशित गरिसकेका विद्यालयले भर्ना प्रकुया अघि बढाउनेगरी विद्यालय खोल्ने तयारी गरेको हो ।

अध्यक्ष पुरीले भन्नुभयोः सरकारले नखोल्नु भनेपनि हामीहरु जुनसुकै हालतमा खोल्ने तयारी गरेका छौँ । प्याब्सन र एन प्याब्सनले भोली आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी विद्यालय खसला गर्ने विषयमा जानकारी दिनेछ ।

प्याब्सनका सह अध्यक्ष डिके ढुंगानाले सरकारे निजी विद्यालयको योगदानको विषयलाई वेवास्ता गरेको र बजेटमा कुनै सम्बोधन नगरेको कारण आफ्नै ढंगले अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो,’अब २२ गतेबाट विद्यालयको प्रसाशन खोल्छौँ, त्यसपछि भर्नाको विषयमा तयारी गर्नेछौँ ।’शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निश्चित मापदण्ड र कार्यविधि तयार गरी अनलाईन वा अन्य माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो ।

उहाँँका अनुसार यो महिनाको २५ वा ढिलो भए असार १ गतेबाट विद्याथीको अभिलेखिकरण गर्ने र नयाँ भर्नाको प्रकृया अघि बढाउन निर्देशन दिने तयारी गरेका छौँ।प्याब्सन उपाध्यक्ष टीआर ढकालले भौतिक दुरी कायम गरी शिक्षक र कर्मचारीको स्वाथ्य परीक्षण गरेर मात्र विद्यालयको प्रशासन र भर्नाको कार्यक्रम अघि बढाउने तयारी भैरहेको जानकारी दिनुभयो ।

सरकारले निजी विद्यालयलाई पुर्ण वेवास्ता गरेपछि प्याब्सन र एन प्याब्सनले लक डाउन लम्ब्याए वा नलम्ब्याए पनि विद्यालय खोलने तयारी गरेको हो । ‘प्याब्सन अध्यक्ष पुरीले सरकारले जस्तोसुकै कारवाही गरेपति त्यो भोग्न तयारी रहेको चेतापवनी दिँदै अबको ५ दिनपछि अर्थात जेठ २२ गतेदेखि विद्यालय खुला गर्ने स्पष्ट पार्नुभयो । हामी भोली थप कार्यक्रम तय गर्नेछौँ’  उहाँको भनाई थियो । अभिभावक महासंघले पनि तत्काल समस्या समाधान गर्न विद्यालय खोल्नुको विकल्प नभएको जनाएको छ । संस्थागत विद्यालय शिक्षक युनियनले समेत विद्यालयमा पठन पाठन गर्ने वातावरण तयार पार्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्