सप्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, सप्तरी ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । १८ देखि ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य जनाइएको छ ।

हालसम्म डाक्नेश्वरी नगरपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, शनिबार बिहानसम्ममा सप्तरीमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्