एमसीसी विवाद हल गर्न नेकपा सचिवालय बैठक बस्दै



g]skf ;lrjfnosf] a}7s g]kfn sDo’lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] t];|f] a}7s k|wfgdGqL tyf kf6L cWoIf s]kL zdf{ cf]nL tyf k’iksdn bfxfn k|r08sf] cWoIftdf a’waf/ ljxfg k|wfgdGqL lgjf; afn’jf6f/df a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;

न्युज अफ नेपाल, काठमाडौं ।

न्युज अफ नेपाल, काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालयको बैठक बस्दै छ । बैठकमा अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल हुने जनाइएको छ ।

अमेरीकी दूतावासको अनुरोधमा यही बजेट अधिवेशनबाटै एमसीसी पास गरिदिने अमेरीकी अपेक्षा रहेको कुरा सार्वजनिक भएपछि नेकपा र ओली सरकार चर्को दवावमा रहेका छन् । पार्टी भित्रै एमसीसी पक्ष र विपक्षमा मत देखिएपछि यसको समाधानका लागि उक्त बैठक बोलाइएको देखिन्छ । यसका साथै संसद अधिवेशनमा प्रस्तुत बजेटबारे पनि छलफल हुने देखिएको छ ।

संसदमा आर्थिक वर्ष २०७७(०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरिएको छ । नियमित बजेटको रुपमा अर्थमन्त्री खतिवडाले बजेट पेश गरेर कोरोना भाइरसको असरलाई नदेखेझै गरेको र महामारीपछि आर्थिक वृद्धिदर ७ प्रतिशत हुने गरी बजेट प्रक्षेपण गरेकोप्रति अर्थविद् तथा पूर्वअर्थमन्त्रीहरु आश्चर्यमा परेका छन् ।

बजेटमा प्रस्तुत गरिएका कार्यक्रमहरु केही महत्वाकांक्षी रहेका र सार्वजनीक हित सम्बोधन गरेको देखिए पनि बजेटको स्रोत के हुने छ भन्ने स्पष्ट खुलाइएको छैन । धेरैको अनुमानमा कोरोना भाइरससँगै सिर्जित बेरोजगारीको समस्या, वैदेशिक रोजगारमा कटौती तथा स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा अत्याधिक खर्चका कारण यो वर्षको बजेट घाटा बजेट नै हुनेमा शंका छैन ।

प्रतिक्रिया दिनुहोस्