रुकुम हत्याकाण्ड : हत्यापछि भेरीमा फालिएको खुलासा



न्युज अफ नेपाल, काठमाडौँ ।

रुकुम पश्चिममा भएको सामुहिक हत्याकाण्डमा मृतकको पोष्टमार्टम रिपोर्टले थप तनावग्रस्त स्थिति सिर्जना गरेको छ ।

वर्षो देखिको प्रेम सम्बन्धपछि विवाहका लागि प्रेमिका भगाउन रुकुमको चौरजहारी नगरपालिका–८, सोती पुगेका भेरी नगरपालिका–४, जाजरकोटका युवाको सामुहिक हत्यापछि उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । भेरीमा भेटिएको ५ जनाको शव पोष्टमार्टममा उनीहरुको कुटपिटपछि हत्या गरीएको खुलेको छ । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार मृतककोे पेटमा पानी नभेटिएको जनाइएको छ ।

मृतक पाँचै जनाको टाउकोलगायत शरीरका विभिन्न अंगमा गहिरो चोट देखिएको छ । उनीहरुको डुबेर मृत्यु भएको अवस्थामा पेटमा पानी हुनुपर्ने चिकित्सकले जनाएका छन् ।

यस्तो रिपोर्ट आउनुले घटनालाई थप शंकास्पद बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्