कोरोना अपडेट : विश्वभर ६० लाख २९ हजार ९५० संक्रमित, अमेरिकामा मात्रै एक लाख ४ हजार ५४२ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर तीन लाख ६६ हजार ८०२ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ६० लाख २९ हजार ९५० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, २६ लाख ५९ हजार २३९ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ४ हजार ५४२ जनाको मृत्यु भएको छ भने १७ लाख ९३ हजार ५३० जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३८ हजार १६१ जनाको मृत्यु भइसकेको छ भने २ लाख ७१ हजार २२२ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३३ हजार २२९, स्पेनमा २७ हजार १२१, फ्रान्समा २८ हजार ७१४, इरानमा ९ हजार ४३०, बेल्जीयममा ९ हजार ४३०, जर्मनीमा ८ हजार ५९४, नेदरल्याण्डमा ५ हजार ९३१, टर्कीमा ४ हजार ४८९, स्वीजरल्याण्डमा १ हजार ९१९, ब्राजिलमा २७ हजार ९४४ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा एक हजार २१२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ६ जनाको मृत्यु भइसकेको छ । यस्तै, २०६ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्