सतक रक्तदाता कर्माचार्यद्वारा १६२ औं पटक रक्तदान



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण रक्तदाताको खडेरी परेको बेला स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा शुक्रवार १६२औं पटक रक्तदान गर्नुभयो ।

काठमाडौ महानगरपालिका वडा नं २८ स्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलद्धरा आयोजित बिशेष रक्तदान कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको हो ।

स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारले रक्त संकलन थैली प्रदान गरि शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा का.म.पा. २८ का वडाध्यक्ष भाइराम खड्गी ‘प्रकाश’ ले रक्तदाता कर्माचार्यलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा ‘लकडाउन’ का बाबजुद पनि महिला तथा पुरूष गरि ५० जनाले रक्तदान गर्नुभएको रक्तदाता कर्माचार्यले जानकारी गराउनुभयो ।

बिद्यालयका प्रधानाध्यापक सूर्य राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका २८ वडाले हाल बिश्वब्यापी महामारीको रूपमा फैलंदै गरेको कोरोना भाईरस,कोभिड -१९ लाई निर्मूल पार्न स्थानीय स्तरमा जनचेतना फैलाउन ब्यबहारिक रूपमा प्रत्येक सहभागीहरूको ज्वरो मापन,स्यानेटाईजरद्वारा हातलाई सेनेटाईज्ड गर्न लगाउनुको साथै रक्तदान गर्नुहुने सबै रक्तदाताहरूलाई एक थान पञ्जा,एउटा सेनेटाईजर, मास्क र साबुन एक एक थान उपलब्ध गराई बितरण गरिएको कर्माचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्