वन्यजन्तुको मासुसहित १० पक्राउ



सल्यान ।

जंगली जनवारको मासुसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका –७ संग्रही खोलामा रतुवा जस्तै जनावर मारेर मासु बाँडफाँट गरिरहेका अवस्थामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

रतुवा मारिएको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीसहित गएको प्रहरीले मासु काटेर बाँड्दै गर्दा अभियुक्तलाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी मनोज लम्सालले जानकारी दिनुभयो । “हामीले रतुवाको जस्तै देखिने मासुको नमूना प्रयोगशालामा पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि कुन जनावर हो भन्ने थाहा हुन्छ”, सूचना अधिकारी लम्सालले भन्नुभयो ।

पक्राउ पर्नेमा बनगाड कुपिण्डे –७ का ३७ वर्षीय प्रेम रोका, १७ वर्षीय गिमबहादुर थापा, ३५ वर्षीय रुद्रबहादुर वली, ४१ वर्षीय हेमराज वली, ६८ वर्षीय लुटबहादुर बस्नेत, ६५ वर्षीय जीतबहादुर बस्नेत, ५४ वर्षीय डम्बर वली, ३२ वर्षीय नरबहादुर वली, ३६ वर्षीय बेलाराम विक र ५८ वर्षीय खड्कबहादुर खड्का छन् । उनीहरु सबैलाई जिल्ला चलान गरिएको र अनुसन्धानपछि दोषी देखिए जङ्गली जीव, जानवर तथा वन्यजन्तु ऐनअनुसार कारवाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्