रुकुम घटनाविरुद्ध ज्ञापनपत्र



घनश्याम बगाल,नवलपरासी ।

रुकुम घटनाका दोषीलाई तक्काल कारवाही गर्न संयुक्त दलित संघर्ष समिति पूर्वी नवलपरासीले माग गरेको छ । समितिले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा २१औं सताप्दीको आधुनिक युगमा पनि जातीयताको आधारमा मानिसको हत्या गरिनु निन्दनीय रहेको उल्लेख गरिएको छ ।

जातीय भेदभावको कारण अत्यन्त क्रुर र अमानवीय तवरले गरिएको मानव हत्या प्रति घोर भ्रत्सना गर्दै दोषीलाई हदै सम्मको कार्यबाही र मृतकलाई सांस्कृतिक सहीद घोषणा गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा संघर्ष समितिका बाघबीर सुनार, नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य नेत्र सुनार, मुक्ति समाज जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, विश्वकर्मा समाजकी केन्द्रिय सदस्य रत्नमाया विश्वकर्मा लगायतले ज्ञापनपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ज्ञापन पत्र बुझ्दै प्राप्त पत्र तत्काल सम्वन्धित निकायमा पुर्याईने जानकारी सहित घटनाका दोषी कोही उम्कन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्