झापाको कचनकवलमा थप २५ जनामा देखियो कोरोना संक्रमण



न्युज अफ नेपाल,भद्रपुर ।

झापामा बिहीबार थप २५ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उहाँने बताउँनुभयो ।

कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ जना पुगेको हो । कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

त्यसमध्ये बुधबार ५६ जनाको रिपोर्ट आएकोमा बिहीबार अन्यको रिपोर्ट आउँदा सङ्क्रमितको सङ्ख्या बढेको बताइएको छ । क्वारेन्टाइनमा बसेका सबै भारतको सङ्क्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडु भन्ने स्थानबाट आएका हुन् ।

गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सय बढी नेपाली नागरिक आइसकेका छन् । यसअघि झापामा बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई÷दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एक जना सङ्क्रमित भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्