करेन्ट लागेर एकको मृत्यु



न्युज अफ नेपाल,तनहुँ ।

बन्दीपुर गाउँपालिका–२ गोलडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ६५ वर्षीय गणेश बहादुर आलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका आलेको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायव निरीक्षक (सई) रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

करिव बिहीबार बिहान साडे १० बजे घर पछाडिको डोरीमा चिसो लुगा सुकाउने क्रममा नाङ्गो तारमा छुदा करेन्ट लागेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार आले आफैँले पनि वाइरिङको काम गर्ने गरेका थिए ।

आलेको शव पोष्टमार्टमका लागि दमौली ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । करेन्ट लागेर मृत्यु भएपछि हावाहुरी ढलेका पोलबाट करेन्ट प्रवाह भएको भनेर स्थानीयवासी भने चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्