अमेरिकामा चीनविरोधी विधेयक पारीत



वासिंगटन (एजेन्सी)

अमेरिकी प्रतिनिधि सभाले वुधबार उइगुर मुस्लिमहरुको उत्पिडन गर्न जिम्मेवार चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने कानुनलाई भारी बहुमतले पारित गरेको छ । अब यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन लिन ह्वाइट हाउस पठाइएको छ ।

उक्त विधेयकमा भएको मतदानमा पक्षमा ४ सय १३ मत र त्यसको विपक्षमा १ मत परेको थियो । मानव अधिकार हनन गरिएकोमा चीनमाथि प्रतिबन्ध लगाउन सक्ने उक्त बिल पारीत भएपछि कयौं नेताले यो विधेयकलाई सर्वसम्मतिबाट अनुमोदन गरिएको बताए । राष्ट्रपति ट्रम्प यो बिलमा चाँदै हस्ताक्षर गर्ने अपेक्षा गरेको रिपब्लिकन पार्टीका केही नेताहरुले बताए ।

उइगुर मुस्लिमलाई लिएर पारित विधेयकलाई लिएर अमेरिका र चीनबीच विवाद अझ गहिरिने सम्भावन छ । चीनले यसलाई आफनो सम्प्रभुताको उलंघन बताइरहेका छ भने अमेरिकाले यसलाई मानवअधिकारलाई जोडेर उठाइएको कदम भएको बताइरहेको छ । चीन र अमेरिकाबीच पहिल्यै देखि ब्यापार युद्ध, दक्षिण चीन सागर र कोरोना भाइरसलाई लिएर जाँच गर्नु पर्ने मागमा विवाद रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्