हाछ्युँले ६ फिट होइन २० फिटसम्म उछिटिन्छ कोरोना



लस एन्जलस (एजेन्सी)

कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा प्रभावकारी उपाय मध्यको सामाजिक दुरीका लागि ६ फिटको दुरी कायम गरेर बस्नु पर्याप्त नभएको एक अध्ययनले देखाएको छ ।

नयाँ अध्ययनले हाछ्युँ गर्दा निस्कने थुकका थोपासँग यो घातक भाइरस २० फिट टाढासम्म पुग्न सक्ने देखाएको छ । अमेरिकाको सान्टा वारबाराको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुका अनुसार नोवल कोरोना भाइरस अनुकुल परिस्थितिमा तीन गुना दुरीसम्म फैलिन सक्छ ।

सुरुमा भएको एक अध्ययनमा हाँछ्यु गर्दा र कुरा गर्दा ४० हजार सम्म थुकका ससाना थोप्लाहरु उत्पन्न हुन सक्ने देखाएको उनीहरुले बताएका थिए । यसको सुरुको बेग केही मिटर प्रति सेकेन्ड देखि सय मिटर प्रति सेकेन्ड भन्दा धेरै हुन सक्छ ।

यस अध्ययनबाट वैज्ञानिकहरुले थोप्ला अर्थात ड्रपलेट कति टाढासम्म पुग्न सक्छ भन्ने कुरा एरोडाइनामिक्स र वातावरणसँग उसको ठोक्काई र मास एक्सचेन्ज प्रोसेसबाट तय हुने निष्कर्ष निकालिएको थियो ।

मेडरसिवमा छापिएको उक्त शोधमा स्वास प्रस्वासबाट निस्कने ड्रपलेटको चाल फरक फरक तापमान, ह्युमिडिटी र भेन्टिलेसन कन्डिसनमा पत्तालगाउनका लागि एक ब्यापक गणितिय मोडलेको सहयोग लिएको वैज्ञानिकहरुले बताए ।

स्वास प्रस्वासमा निस्कने ड्रपलेटका माध्यमबाट कोविड १९ प्रसार दुई तरिकाबाट हुने गरेको उनीहरुले पाए । एउटा नजिकको सम्पर्कको प्रसारण र अर्को एरोसोल एक्सपोजरबाट हुने गर्छ ।

वैज्ञानिकहरुका अनुसार ठुला भारी ड्रपलेट गुरुत्वाकर्षणका कारण वरीपरी नै खस्ने गर्छ भने हलुका ड्रपलेट तिब्र रुपमा वाष्पिकरण भएर एरोसोल पार्टिकल बनाउँछ, जुन भाइरससँग घन्टौंसम्म हावामा रहन सक्छ ।

हावामा भाइरसको चालमा मौसमको प्रभाव सँधै एक समान नहुने उनीहरुले बताएका छन् । कम तापमान र धेरै आद्रतामा यो नजिकै प्रसार हुन्छ भने धेरै तापमान र कम आद्रतामा यो सानो एरोसोल पार्टीकल बन्ने गर्छ ।

वैज्ञानिकहरुले शोधमा लेखेका छन्, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले कोरोनाबाट बच्न ६ फिटको सामाजिक दुरी सिफारिस गरेको छ तर हाम्रो मोडल अनुसार केही परिस्थितिमा यो दुरी पर्याप्त छैन । चिसो र आद्रताको मौसममा ड्रपलेट ६ मिटर अर्थात १९ दशमलव ७ फिट टाढा जान सक्छ ।

शोधकर्ताहरुले उत्तरी गोलार्धमा गमिीमा पनि यो महामारी रोकिने कुनै सम्भावना नभएको बताए । किनभने यो हिस्सामा एरोसोल ट्रान्समिसनको धेरै सम्भावना छ ।

गर्मी र सुखा मौसममा रेस्पिेटरी ड्रपलेट सजिले वास्पिकरण भइ एरोसोल पार्टीकल बनाउँछ ,जसले धेरै टाढासम्म संक्रमण फैलाउन सक्छ । यी पार्टीकल सम्पर्कमा आउने मानवको फोक्सोलाई संक्रमित गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्